शुक्रबार १७ मंसिर, २०७८ (Friday December 03, 2021)

जनता बै‌ंकले गर्यो मोरङको मुसहर बस्तीमा कम्बल वितरण

बुधबार १८ पुष, २०७५ गोर्खाली न्युज सम्वाददाता 1658


जनता बै‌ंकले गर्यो मोरङको मुसहर बस्तीमा  कम्बल वितरण


जनता बैंक नेपाल लिमिटेडको सहयोगमा बिराटनगर महानगरपालिका वडा नं. १९, बैजनाथपुरको मुसहर बस्तीका १५० परिवारलाई कम्बल र खाद्यान सामाग्री वितरण गरिएको छ ।

निजामती कर्मचारी श्रीमती संघको सहकार्यमा सम्पन्न गरिएको उक्त कार्यक्रममा बैंकका प्रतिनिधि, संघको पदाधिकारी, जिल्ला प्रशासन कार्यालय मोरङको प्रतिनिधि र बिराटनगर महानगरपालिका वडा नं. १९ का वडा अध्यक्षको उपस्थिति रहेकाे थियो । 

विपन्न बर्गका मुसहर समुदायको बाहुल्यता रहेको उक्त क्षेत्रका बस्तिको १५० परिबारको लागि  बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत साे समाग्री उपलब्ध गराएको थियो । निजामती कर्मचारी श्रीमती संघलाई उक्त बस्तीका परिवारको विवरण मोरङ जिल्ला प्रशासन कार्यालयले उपलब्ध गराएको थियो । 


 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?