आईतवार २ माघ, २०७८ (Sunday January 16, 2022)

सचिव ओली नै रोक्छन् नासु काफ्लेको सरुवा

सोमबार १६ पुष, २०७५ गोर्खाली न्युज सम्वाददाता 1460


सचिव ओली नै रोक्छन्  नासु काफ्लेको सरुवा

वन तथा वातावरण मन्त्रालयका  एक  निजामति कर्मचारी १२ वर्षदेखि एउटै पदमा कार्यरत भएपनि उनलाई मन्त्रालयकै उच्च अधिकारीले जोगाएर राखेका छन् ।

मन्त्रालयका नासु विश्व काफ्ले विगत १२ बर्षदेखि  स्टोर शाखामा कार्यरत  छन् । उनको पटक पटक अन्य मन्त्रालय र निकायहरुमा सरुवा भएपनि मन्त्रालयका सचिव डा. विश्वनाथ ओलीले थमौती गर्ने गरेको स्रोतले बतायो ।

पछिल्लो पटक काफ्लेलाई राष्टपति कार्यालयमा सरुवा गरी उनको ठाउँमा राई थरका एक कर्मचारीलाई ल्याउन खोजिएपनि सचिव ओलीले काफ्लेलाई च्याप्ने गरेका छन् । ओली र काफ्लेलाई नेकपा निकटका आरोप लाग्ने गरेको छ ।

काफ्ले २०६३ सालमा तत्कालिन वन तथा भूसंरक्षण  मन्त्रालयको स्टोर शाखामा प्रवेश गरेका थिए । काफ्लेलाई राष्टपति कार्यालय सरुवा गर्नु अघि २०७४ भदौमा तत्कालिन स्थानीय विकास मन्त्रालयमा पठाईए पनि जाने कष्ट गरेनन् । गत साउनमा फेरी उनको राष्ट्रपति कार्यालय सितल निवासमा सरुवा भएको थियो । 

सरुवा भएपनि  रमाना नलिँदा वनकै कर्मचारीले बेलाबखतमा प्रश्न उठाउने गरेका छन । स्टाेरमा लामो समयदेखि सेटिगं भएको र त्यसो गर्दा आर्थिक लाभ प्राप्त हुने गरेकाले छोड्न नचाहेको कर्मचारीहरुको दावी छ । 

मन्त्री शक्तिबहादुर बस्नेत पनि एउटै ब्यक्तिलाई  एउटै पदमा  लामो समय राख्न नहुँने पक्षमा छन् । तर वनसचिव ओलीका अगाडी उनले यो निर्णय कार्यान्वयन गराउन सकेका छैनन् । स्रोतका अनुसार ओलीले मन्त्री बस्नेतले गराउन खोजेका निर्णयमा पनि असहयोग गर्ने गरेका छन् ।

 ओली समाजको महासचिवसमेत रहेका विश्वनाथ प्रधानमन्त्री केपी शर्मा ओली निकटका सचिव मानिन्छन् ।

 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?