शुक्रबार १७ मंसिर, २०७८ (Friday December 03, 2021)

नेपाल आइडल विजेता रवि ओडलाई मातृशोक

बुधबार ११ पुष, २०७५ गोर्खाली न्युज सम्वाददाता 1450


नेपाल आइडल विजेता रवि ओडलाई मातृशोक

 

नेपाल आइडल बिजेता भएकाे एक साता नबित्दै  दोस्रो नेपाल आइडल रवि ओडलाई मातृशाेक परेकाे छ ।

बुधबार बिहान कञ्चनपुरको कृष्णपुर नगरपालिका ५ स्थित आफ्नै घरमा पानी चढाउने मोटर चलाउन खोज्दा करेन्ट लागेर घाइते भएकी ओडकी ४५ वर्षकी आमा विष्णाको उपचारकाे लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हाे ।

जिल्ला प्रहरी कार्यालय कैलालीका  अनुसार बुधबार बिहान करेन्ट लागेपछि उपचारका लागि सेतीअञ्चल अस्पताल लगिएको थियो । विष्णालाई अस्पताल पुर्‍याउँदा  अस्पतालले मृत घोषणा गरेको हो । मेसिनको नाङ्गो तारमा छुँदा विष्णालाई करेन्ट लागेको परिवारले बताएका छन् । 

विष्णा रविकी सौतेनी आमा हुन् । उनलाई जन्म दिने आमाको भने पहिले नै निधन भएकाेले उनकाे बुबाले दाेस्राे श्रीमतीकाे रुपमा विष्णा सँग विवाह गरेपछि रविकाे लालनपालन उनले नै गर्दै आएकी थिइन् । 

 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?