आईतवार २ माघ, २०७८ (Sunday January 16, 2022)

निर्मलाका निम्ति न्याय अभियान जारी, विद्यार्थीले बुझाए संयुक्त राष्ट्रसंघमा हस्ताक्षर

सोमबार ९ पुष, २०७५ गोर्खाली न्युज सम्वाददाता 1485


निर्मलाका निम्ति न्याय अभियान जारी, विद्यार्थीले बुझाए संयुक्त राष्ट्रसंघमा हस्ताक्षर

बलात्कार पछि हत्या गरिएकी क‌न्चनपुरकी १३ वर्षिय बालिका हत्या भएको छ महिना बित्दा समेत सरकारले  बलात्कार र हत्याका दोषी पत्ता लगाउन नसकेपछि त्रिभुवन विश्वविद्यालयका विद्यार्थीहरुले हत्यारा पत्ता लगाई दिन आग्रह गर्दै संकलन गरिएको हस्ताक्षर सोमबार ललितपुुरको पुल्चोकस्थित संयुक्त राष्ट्र संघको कार्यालयमा बुझाएका छन्

सरकारले न्याय दिन नसकेपछि निर्मला पन्तका आफन्तलाई न्याय दिलाइ दिने पहल गरिदिन अन्तर्राष्ट्रिय समूदायलाई  आग्रह गर्दै सो हस्ताक्षर स‌कलन गरी संयुक्त राष्ट्र संघमा बुझाउनु परेको विद्यार्थीहरुले बताए ।

विद्यार्थीहरुले माईतीघर मण्डलामा जम्मा भएर स‌कलित हस्तक्षार प्रदर्शन गर्दै निर्मला पन्तको न्यायको निम्ति आवाज बुलन्द गरिदिन आग्रह गरेका थिए ।

गत श्रावणमा बलात्कारपछि हत्या गरिएको अवस्थामा भेटिएकी बालिका निर्मला पन्तको हत्यारा पत्ता लगाउने कामका सरकार असफल भएपछि विद्यार्थीहरुले एक हप्तायता संकलन गरिएको हस्ताक्षर राष्ट्रसंघको कार्यालयमा बुझाएका हुन् । 
 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?