बिहीबार २० चैत्र, २०७६ (Thursday April 02, 2020)

निम्स स्कूल जितेन ठकुरी मेमोरियल कप बास्केटबलको फाइनलमा

शनिबार २९ मंसिर, २०७५ नेहा धमला 1483


निम्स स्कूल जितेन ठकुरी मेमोरियल कप बास्केटबलको फाइनलमा

नितेन मेमोरियल उच्च माविमा गत अाइतबारदेखि सुरु भएकाे आठौं जितेन ठकुरी मेमोरियल बास्केटबल प्रतियोगिताको फाइनलमा अायाेजक  निम्स, ब्वाइज तर्फ रेडियन्ट र गर्ल्स तर्फ त्रिगुगम इन्टरनेसनल  फाइनलमा प्रवेश गरेका छन् ।

अाज रेडियन्ट र माउण्ट कैलाश वीच भएको सेमी फाइनल खेलमा ५०-२० को अन्तरमा रेडियन्टले जीत हासिल गर्दै फाइनलमा प्रवेश गरेको हो । अाज भएका  बुढानिलकण्ठ र निम्स वीच भएको खेलमा निम्स बिजयी भएकाे थियो भने निम्स र स्कीब्स वीच भएको गल्स समूहको खेलमा निम्स बिजयी भएको थियो । चाँदवाग र त्रिगुगम विच भएको खेलमा बिजयी बन्दै त्रिगुगम फाइनलमा प्रवेश गरेको थियो ।

एक हप्ता देखी चलिरहेकाे प्रतियोगितकाे भोली फाइनल चरणका खेलहरु हुनेछन् ।  अाइतबार अायोजक निम्स, रेडियन्ट र त्रिगुगम इन्टरनेसल वीच रोचक प्रतिस्पर्धा हुनेछ । खेलकाे अाैपचारिक समापन भोलि नै हुनेछ ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?