आईतवार २ माघ, २०७८ (Sunday January 16, 2022)

लोकसेवाले माग्यो एकैपटक २ सय ९६ अधिकृत

बुधबार २६ मंसिर, २०७५ गोर्खाली न्युज सम्वाददाता 1415


लोकसेवाले माग्यो एकैपटक २ सय ९६ अधिकृत

कर्मचारी समायोजन अध्यादेशले हलचल मच्चाएकै बेला लोकसेवा आयोगले खुला तथा समावेशी रुपमा पदपूर्ति गर्नेगरी एकैपटक २९६ अधिकृत का लागि विज्ञापन खुलाएको छ। न्याय, कानुन र अन्य गरी तीन समूहका लागि दरखास्त आह्वान गरेको हो।

अधिकृतस्तरमा न्याय, कानुन र सरकारी वकिल गरी खुलातर्फ १४२ जनाका लागि विज्ञापन खुलाइएको छ। न्यायमा ९३, कानुनमा २९ र सरकारी वकिलमा २० जनाको काेटा रहेकाे छ ।

आयोगले न्याय सेवाका कानुन, न्याय, सरकारी वकिल समूह तथा लेखापरीक्षण र संसद् सेवा समूहमा मात्र पदपूर्ति गर्नका लागि विज्ञापन गरेको हो। न्याय सेवा र लेखापरीक्षण समूहको सहसचिव र उपसचिवसम्मको आन्तरिक खुला र खुला पदपूर्तिका लागि सूचना जारी गरेको छ।

सरकारी वकिल समूहमा सहसचिवतर्फ ७ पदपूर्ति हुनुपर्नेमध्ये एक जना खुलाको खुला प्रतिस्पर्धाबाट पदपूर्ति हुने आयोगको विज्ञापनमा उल्लेख छ। बाँकी पदपूर्ति आन्तरिक प्रतिस्पर्धा र समावेशी रुपमा हुनेछ। उपसचिवतर्फ न्याय सेवावाट ५, सरकारी वकिल २ र व्यवस्थापिका संसद् सेवा समूहमा १ जनाको मात्र खुला प्रतिस्पर्धाबाट पदपूर्ति हुने विज्ञापनमा उल्लेख छ। ५३ मध्ये अन्य पदपूर्ति आन्तरिक खुला प्रतिस्पर्धा र समावेशीका आधारमा हुने विज्ञापनमा उल्लेख छ।

महिलातर्फ न्यायमा २३, कानुनमा ८ र सरकारी वकिलमा ४ जनाको कोटा रहेको छ। आदिवासी जनजातितर्फ न्यायमा २२, कानुनमा ७ र सरकारी वकिलमा ३ जनाको कोटा छ। समावेशी अन्तर्गत नै मधेसी कोटामा न्यायमा १८, कानुनमा ५ र सरकारी वकिलमा ३ जनाको  विज्ञापन गरिएको छ।

केही समययता  निकै अाकर्षक मानिएको सरकारी सेवामा गत साउन पछि पेन्सन प्रणाली हटाइए पछि विस्तारै अाकर्षण घट्न थालेकाे छ । 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?