शुक्रबार १७ मंसिर, २०७८ (Friday December 03, 2021)

चलचित्र ‘प्रसाद’ सँगै अन्य दुई चलचित्र फ्राइडे रिलिजमा..

शुक्रबार २१ मंसिर, २०७५ गोर्खाली न्युज सम्वाददाता 1763


चलचित्र ‘प्रसाद’ सँगै अन्य दुई चलचित्र फ्राइडे रिलिजमा..

पत्रकार सुशील पौडेलकाे कथामा निर्मित चलचित्र ‘प्रसाद’ फ्राइडे रिलिज अन्तर्गत आजबाट प्रदर्शनमा आएको छ ।

निः सन्तान दम्पतीको कथामा निर्माण भएको चलचित्रमा सन्तान नहुँदा भोग्नुपर्ने सामाजिक र मानसिक अप्ठ्यारालाई  उतारिएको छ । सुवास थापा निर्मित चलचित्रमा विपिन कार्की, नम्रता श्रेष्ठ र निश्चल बस्नेत मूख्य भूमिकामा छन् । साथमा बसुन्धारा भुसाल, विनोद भट्टराई, प्रकाश गन्धर्व लगायतको पनि भूमिका छ ।

राजेश श्रेष्ठको छायांकन रहेको चलचित्रको सम्पादन लोकेश बज्राचार्यले गरेका हुन् । चलचित्रका दुई गीत ‘लै लै...’ र ‘वनकी चरी...’ले पनि बजारमा राम्रो प्रतिक्रिया पाइरहेको छन । चलचित्रलाई मल्टिप्लेक्स अन्तर्गत क्यूएफएक्समा राजधानीका पाँच हलबाट १५ शो मिलेको छ । 

शुक्रबारबाटै लाखमान योञ्जन तामाङ निर्देशित चलचित्र ‘झिल्के’ पनि प्रदर्शनमा आएको छ । प्रचारप्रसार तथा तामझाम बिना नै प्रदर्शनमा आएको चलचित्रमा झरना थापा मुख्य भूमिकामा छिन् । चलचित्रले प्रदर्शनको पहिलो दिन मल्टिप्लेक्समा पनि उच्च शो पाएको छ । चलचित्रलाई मल्टिप्लेक्स अन्तर्गत क्यूएफएक्समा राजधानीका पाँच हलबाट १५ शो मिलेको छ ।

प्रियंका चोपडा निर्मित नेपाली भाषाको सिक्कमी चलचित्र ‘पाहुना’, सुशान्त सिंह राजपुत र सारा अली खान अभिनित बलिउड चलचित्र ‘केदारनाथ’ दुई विदेशी चलचित्र पनि शुक्रबारबाट नै हलमा प्रदर्शनमा आएका छन् । उपत्यकामा क्यूएफएक्समा ‘पाहुना’ले पहिलो दिन ५ सो पाएको छ भने ‘केदारनाथ’ले १५ सो पाएको छ ।

 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?