आईतवार २ माघ, २०७८ (Sunday January 16, 2022)

जाने त एकपटक कालिञ्चोक घुम्न !

बिहीबार २० मंसिर, २०७५ गोर्खाली न्युज सम्वाददाता 1479


जाने त एकपटक कालिञ्चोक घुम्न !

नेपालका प्रसिद्ध देवीका मन्दिर मध्ये दोलखाको कालिञ्चोकमा रहेको कालिञ्चोक भगवती मन्दिर पनि एक गन्तव्य हो। दर्शनका लागि त्यहाँ दिनहुँ सयौं भक्तजन, दर्शनार्थी पुग्ने गर्दछन्। पहाडी जिल्ला भएकोले उक्त मन्दिरसम्म सडक पुग्न सकेको छैन्। तैपनि कालिञ्चोकको कुरीसम्म भने हालसालै कच्चि बाटो निर्माण भएको छ। सदरमुकाम चरिकोट वाट करिव दुई घण्टामा वसको यात्रामा कुरी सम्म पुग्न सकिन्छ। कुरीसम्म बसको यात्रापछि ४५ मिनेटको पदयात्रामा मन्दिर सम्म पुग्न सकिन्छ।

कालिञ्चोक भगवतीको मन्दिर सामुन्द्रिक सतह बाट करिब ३६ सय १८ मिटरको उचाईमा अवस्थित छ। मन्दिर सम्मको यात्रा अवधिभर थकाइ र तनावको अनुभव हुँदैन। स्वर्गीय आनन्द र असीम सन्तुष्टिको दिव्य अनुभुति हुन्छ। यो कालिञ्चोक भगवतीले दिएको शक्ति हो। कुरीमा पुग्ने बित्तिकै यहाँका मानिसहरु संग प्रगाढ सामिप्यता गाँस्दै उनिहरुको शिष्टाचार र आतिथ्यले मन गदगद् हुन्छ। भगवतीको मन्दिरमा पुग्न साथ जस्तो सुकै व्यवहार भएको मानिसमा पनि रिस, राग, ईर्ष्या, छलछाम, जालझेल जस्ता स्वभाव र प्रवृति केही कसैमा नदेखिने स्थानीयको अनुभव छ । त्यसैले पनि जीवन र जगतको यथार्थ बोध महसुस गर्न भगवतिको दर्शन जरुरी ठानिन्छ।

कुरीदेखि करीब ४५ मिनेटको उकालो बाटो हिँडेपछि पुगिने भगवतीको मन्दिरबाट स्वर्गीय आन्नदको अनुभूती गर्न सकिन्छ। कुरीबाट सल्लाका पोथ्रापोथ्री र अन्य लेकाली होचा चिमालका वुट्यानहरु र विभिन्न जातका वनस्पतिको दृष्याअवलोकन गर्दै मनलाई भुलाउदै अनि डुवुल्कि मार्दै घनघस्याको उकालो जस्तै बाटोलाई चिर्दै, छिचोल्दै, नागवेली जस्तो बाटोमा घुम्दै, हिउँका थुप्रा, स्वच्छ हिमश्रृंखला आदीको प्रत्यक्ष अवलोकन गर्दै मन्दिर सम्म पुग्न सकिन्छ।

मानवका सारा दुख पिडालाई विर्सिएर स्वच्छ स्वाभिलम्वी एवम स्वाभिमान नागरीकको रुपमा आफ्ना मनमा भएका इच्छा, आकक्षाहरुलाई पुरा गर्न भगवती सँग वर माग्ने प्रचलन पनि रहि आएको छ।

कालिञ्चोकको सुव्यवस्था आकर्षणको लागि यसको समग्र विकास गर्न सरकारी पक्षबाट महत्वपूर्ण सहयोग मिलेको स्थानीयवासीको अनुभव छ । स्थानीयवासीको दोलखाको अग्रसरतामा चरिकोटबाट कुरीसम्म मोटर बाटो निर्माण गरिएको छ । नेपाल विद्युत प्राधिकरणकॊ पहलमा विधुतीकरण भएको छ। कुरी कालिञ्चोक क्षेत्रलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सक्ने थुप्रै सम्भावनाहरु देखिन्छ । तपाँइ पनि जाने त एकपटक कालिञ्चोक घुम्न ।

 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?