शुक्रबार १६ जेष्ठ, २०७७ (Friday May 29, 2020)

इजिप्टकी अभिनेत्री विरुद्ध लुगा विवादमा मुद्दा, दोषी ठहर भए पाँच वर्ष जेल हुन सक्ने

मंगलवार १८ मंसिर, २०७५ एजेन्सी\एपी 1307


इजिप्टकी अभिनेत्री विरुद्ध लुगा विवादमा मुद्दा, दोषी ठहर भए पाँच वर्ष जेल हुन सक्ने

इजिप्टको काहिरोमा आयोजित  फिल्म फेस्टिबलमा एक अभिनेत्रीले पारदर्शी कपडा लगाएको विषयलाई लिएर अदालतमा मुद्दा दायर भएको छ ।

अभिनेत्रीले व्यभिचारलाई उक्साएको भन्दै मुद्दा दायर गरिएको अन्तराष्टिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
काहिरो फिल्म फेस्टिबलका दौरानमा रानिया यूसेफले कालो रंगको आँखिझ्याल भएको कपडा लगाएकी थिइन् जसमा उनको गोडाको अधिकांस हिस्सा छर्लंग देखिएको थियो , मानिसहरुले यो लुगामा विवाद निकाले । यद्यपि, कतिपयले भने उनको बचाउ गर्दै लुगा सामान्य रहेको बताएका छन् ।

इजिप्टको न्यायप्रणालीका जानकारहरुले समाचार एजेन्सी एएफपीलाई बताएअनुसार यदि रानिया दोषी ठहर भइन् भने उनलाई पाँच वर्षसम्मको कैद सजाय हुन सक्छ । ४४ वर्षिया रानीयाले यस घटनामा माफी मागेकी छिन् ।
उनले भनेकी छिन्, ‘यदि विवाद उठ्छ भन्ने थाहा पाएको भए म यस्तो लुगा लगाउने थिइनँ ।’ उनले कपडा छनोटमा आफ्नो गल्ति भएको स्वीकारेकी छिन् ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?