शुक्रबार १६ जेष्ठ, २०७७ (Friday May 29, 2020)

अवैध कामदारलाई वैध बन्न युएई सरकारले थप्यो १ महिना

मंगलवार १८ मंसिर, २०७५ गोर्खाली न्युज सम्वाददाता 1217


अवैध कामदारलाई वैध बन्न युएई सरकारले थप्यो १ महिना

गैरकानुनी रुपमा बसेर काम गरिरहेका आप्रवासी कामदारलाई  युएई सरकारले युएईको राष्ट्रिय दिवसको अवसरमा  आममाफी दिने प्रक्रियाकाे समय एक महिना थप गरेको छ। 

अागामी डिसेम्बर २ देखि लागू हुनेगरी यूएई सरकारले एक महिनाको आममाफीको म्याद थप गरेको आफ्ना देशमा रहेका कूटनीतिक नियोगमार्फत जानकारी गराएको छ। सोमबार युएईको नागरिकता पहिचान सम्बन्धी संघीय प्राधिकरणले आममाफीका लागि म्याद थप गर्नेबारे विज्ञप्ति जारी गरेको छ। 

आममाफीका लागि अगाडि नै प्रक्रिया सुरु गरेकाहरु पनि पुनः यसमा सहभागी हुन सक्ने विज्ञप्तिमा उल्लेख गरिएको छ। युएईको राष्ट्रिय दिवसको अवसरमा आममाफीको प्रक्रिया थपिएको हो। आममाफीमा गैरकानुनी रुपमा बसोबास गरिरहेका नेपालीसहित अन्य देशका नागरिकलाई वैधानिक बन्न अथवा आवश्यक कानुनी पूरा गरी आफ्नो देश फर्किने अवसर दिइनेछ।

यो अवधिमा युएईमा रहेको नेपाली दूतावाससहित विभिन्न देशका दूतावास तथा कन्सुलेटहरुले घुम्ती सेवा दिनेछ। 

गत अगष्ट १ मा सुरु भएको अाम माफीकाे समयावधि  डिसेम्बर १ मा सकिएको थियो ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?