शुक्रबार १६ जेष्ठ, २०७७ (Friday May 29, 2020)

विप्लवकाे जनसभा सुरु हुँदै, चोक चोकबाट निस्केकाे झाँकी भृकुटीमण्डप प्रस्ठान

शनिबार ८ मंसिर, २०७५ गोर्खाली न्युज सम्वाददाता 1296


विप्लवकाे जनसभा सुरु हुँदै, चोक चोकबाट निस्केकाे झाँकी भृकुटीमण्डप प्रस्ठान

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विप्लव नेतृत्वको समूहले राजधानीको भृकुटीमण्डपमा गर्न लागेको जनसभा केही बेरमा सुरु हुँदैछ । जनसभाकाे लागि चोक चोकबाट निस्केकाे झाँकी सहितको र्‍याली भृकुटीमण्डपतर्फ प्रस्ठान गरेको छ ।

पार्टी महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले जनसभालाई सम्बोधन गर्ने बताइए पनि अन्तिम घडीमा विप्लव सहभागी हुने कार्यक्रम स्थगित गरिएको अायोजकले बताएका छन् ।  

पार्टीको नेतृत्व गरिरहेका विप्लवको अनुपस्थितिमा हुन लागेको सभालाई पार्टी प्रवक्ता समेत रहेका स्थायी कमिटी सदस्य खड्ग बहादुर बिश्वकर्मा प्रकाण्ड लगायत नेताले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

नेकपा मालेका महासचिव सीपी मैनाली, नेकपा माओवादी केन्द्रका गोपाल किराती र नेकपा अध्यक्ष ऋषि कट्टेललगायत विभिन्न राजनीतिक दलका नेताहरुलाई पनि जनसभामा निमन्त्रणा गरिएको छ बताइएको छ ।

लैनचौर, बबरमहललगायतको स्थानबाट निस्कको र्‍यालीलाई विभिन्न नेताहरुले नेतृत्व गरिरहेका छन् । बबरमहलको र्‍यालीलाई पोलिटब्यूरो सदस्य तथा केन्द्रीय जनपरिषदका उपप्रमुख पदम राई, लैनचौरको र्‍यालीलाई केन्द्रीय जनप्रतिनिधिसभाकी अध्यक्ष उमा भुजेल, कालीमाटीको र्‍यालीलाई गम्भीर लगायतका नेताले नेतृत्व गरेका छन्।

पार्टी पुनर्गठन दिवसको सन्दर्भ पारेर नेकपाले जनसभा आयोजना गरेको हो । जनसभालाई लक्षित गरी काठमाडौंमा सुरक्षा सतर्कता बढाइएको छ ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?