शुक्रबार १७ मंसिर, २०७८ (Friday December 03, 2021)

मंसिर २२ गते शनिबार टुँडिखेलमा लाइभ म्यूजिक शो हुने, दर्शकले निशुल्क हेर्न पाउने

बुधबार ५ मंसिर, २०७५ गोर्खालि न्युज 1543


मंसिर २२ गते शनिबार टुँडिखेलमा लाइभ म्यूजिक शो हुने, दर्शकले निशुल्क हेर्न पाउने

आगामी मंसिर २२ गते शनिबार टुँडिखेलमा नेपाल रग्बी फेस्टिभल तथा लाइभ म्यूजिक कार्यक्रममा नेपाली सांगीतिक क्षेत्र तथा चलचित्र क्षेत्रका २ दर्जन बढी कलाकारले आफ्नो प्रस्तुति दिने भएका छन् ।

सर्वसाधारणका लागि निःशुल्क प्रवेश रहेको यो कार्यक्रममा २५ हजार बढी दर्शकले अवलोकन गर्ने अपेक्षा रहेको आयोजकले बताएको छ । लाइभ शोमा नायिका स्वस्तिमा खड्का, गायक सुगम पोखरेल, प्रमोद खरेल, आशिष राना, नितेश जंग कुँवर, स्वप्न सुमन, एक्स ब्याण्ड, अभया एण्ड द स्टिम ब्याण्ड, डिजे सुरेन, डिजे कुइन लगायतका २ दर्जनले आफ्नो प्रस्तुति दिनेछन् ।

नेपाल रग्बी एसोसियसनले फेम नेपालको आयोजनामा  यो कार्यक्रम गर्न लागेको हो ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?