आईतवार १८ कार्तिक, २०७५
१८ कात्तिक, काठमाडौं । मानव अधिकारवादी एवं वरिष्ठ वामपन्थी नेता पद्मरत्न तुलाधरको काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा आइतबार दिउँसो निधन भएको छ ।
कात्तिक ९ गते साँझ स्वास्थ्यमा समस्या आएपछि उनलाई माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा भर्ना गरिएको थियो ।
तुलाधरको शव अस्पतालबाट निजी निवास लैजान लागिएको स्रोतले बताएको छ ।