आईतवार २ माघ, २०७८ (Sunday January 16, 2022)

प्रधानमन्त्रीलाई मौसमी रूघाखोकी, अझ केही दिन आराम गर्न चिकित्सकको सल्लाह

आईतवार ११ कार्तिक, २०७५ गोखार्ली न्युज स‌‌म्वाददाता 1556


प्रधानमन्त्रीलाई मौसमी रूघाखोकी, अझ केही दिन आराम गर्न चिकित्सकको सल्लाह

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओली विगत दुई दिनदेखि मौसमी रूघाखोकी र हल्का ज्वरोको समस्याका कारण निवासमै आराम गरिरहेका छन् ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले अाइतबार एक प्रेस नोट जारी गरी प्रधानमन्त्री अोली चिकित्सकको सल्लाह बमोजिम दुई दिनदेखि नियमित भेटघाट र बैठकबाट टाढा रहेको उल्लेख गरेका छन् ।

प्रेस नोटमा हाल ज्वरो नियन्त्रणमा अाई स्वास्थ्यमा सुधार भएको उल्लेख गर्दै पूर्ण सुधार भएपछि सार्वजनिक कार्यक्रममा सहभागी हुने उल्लेख गरेका छन् ।
दशैं, तिहार, नेपाल सम्वत, छठलगायतका चाडपर्वका उपलक्ष्यमा नेकपाले शनिवार भृकुटीमण्डपमा आयोजना गरेको चियापानमा प्रधानमन्त्री ओली देखिएनन्। सञ्चो नभएर कार्यक्रममा उपस्थित नभएको भनिएपछि उनको स्वस्थ्यस्थितिबारे जनचासो  बढेको थियो।
 

 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?