शुक्रबार १७ मंसिर, २०७८ (Friday December 03, 2021)

पर्यटन सम्भाव्यता अध्ययन गर्न चिनियाँ टोली बर्दियामा

आईतवार ११ कार्तिक, २०७५ रासस 1555


पर्यटन सम्भाव्यता अध्ययन गर्न चिनियाँ टोली बर्दियामा

बाँके : बर्दियाको पर्यटकीय सम्भाव्यता अध्ययन गर्न र नेपाल र चीनबीच पर्यटक आदानप्रदान गर्ने लक्ष्यका साथ तीन सदस्यीय चिनियाँ टोली शनिबार बर्दियामा आइपुगेको छ। 

चिनियाँ पर्यटन व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष लि बाओहुवाको नेतृत्वमा आएको सो टोलीले बर्दिया गेरुवा–१ स्थित जङ्गल सफारी, जलयात्रा र विभिन्न पर्यटकीय स्थलको अवलोकन गरेको छ। 

टोली शुक्रबार लुम्बिनीको भ्रमण सकाएर बर्दिया आइपुगेको हो। बर्दिया थारु रहनसहनदेखि प्राकृतिक सौन्दर्यसम्मले भरिपूर्ण पश्चिम तराईकोे गरिमा हो । बर्दिया राष्ट्रिय निकुन्ज वन्यजन्तुमा चासो राख्नेहरुका लागि एक अनुपम गन्तव्य हो । 

पर्यटन सम्भाव्यता अध्ययन गर्न बर्दियामा रहेको चिनियाँ टोलीलाई मधुवन नगरपालिका, गेरुवा गाउँपालिका, राजापुर नगरपालिका, गुलरिया नगरपालिका, बढैयाताल गाउँपालिकाले स्वागत गरेको थियो।

सो टोलीले बर्दिया र चीनवीच पर्यटन प्रवर्धनका लागि आगामी दिनमा चीनमा आयोजना गरिने पर्यटन महोत्सवमा बर्दियाका व्यक्तित्वलाई आमन्त्रण गरिने बताएको छ।   
 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?