आईतवार २ माघ, २०७८ (Sunday January 16, 2022)

नवलपरासी बस दुर्घटनामा ६ को मृत्यु को को परे ( मृतकको नामावली सहित)

आईतवार ४ कार्तिक, २०७५ गोर्खाली न्युज सम्वाददाता 1559



चितवन- धरानबाट भैरहवा जाँदै गरेको लु १ ख ८४५४ नम्बरको रात्री बस महेन्द्र राजमार्ग अन्तर्गत नवलपरासीको अरूणखोला नजिक  अाइतबार बिहान दुर्घटना हुँदा कम्तिमा ६ जनाको मृत्यु भएको छ भने ४२ भन्दा बढी घाइते भएका छन् ।

क्षमताभन्दा बढी यात्रु बोकेको उक्त बस आइतबार बिहान करिब ५ बजे दुर्घटनामा परेको नवलपरासी प्रहरीले जानकारी दिएको छ।

दसैंमा टिका सकेर आ–आफ्नो गन्तव्यमा हिँडेका यात्रुले बस खचाखच भरिएको थियो।

जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रमुख एसपी रमेश थापाले दिएको जानकारी अनुसार पाँच जनाको घटनास्थलमा  र एक जनाको उपचारको क्रममा मृत्यु भएको हो।

बसका चालक निदाएका कारण बिहान बस  दुर्घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भीक अनुसन्धानले देखाएको छ। 

मृत्यु हुनेमा गुल्मीको हस्तिचौर गाउपालिका–२ घर भइ नेपाली सेनाको मोरङ लेटाङ्ग गणमा कार्यरत ३५ वर्षीय तिलक विष्ट, मोरङको सुन्दरचौरका ११ वर्षीय सोहन कार्की, भोजपुरका २७ वर्षका रामजीत राई, सुनसरी घर भइ जिल्ला जनस्वास्थ्य कार्यालय पश्चिम नवलपरासीमा कार्यरत ३२ वर्षीया अब्दुल अन्सारी र भारत बिहारका विद्यान्नद यादव रहेका छन् ।

घटनामा थप एक जनाको मृत्यु भएको बताइए पनि सनाखत भएको छैन ।


बसको बत्ती मधुरो रहेको र गति तीव्र भएका कारण बस दुर्घटनामा परेको यात्रुलाई उद्धृत गर्दै प्रहरी उपरीक्षक थापाले जानकारी दिए। दुर्घटनामा परी घाइते भएका ४२ को भरतपुर र नौ जनाको स्थानीय मेडिकलमा उपचार भइरहेको छ। सामान्य घाइतेहरु उपचार पश्चात घर फर्किएका छन् ।

चाडपर्वका समयमा नेपालमा बढी दुर्घटना हुने गरेका छन् । गत विहिबार जलविरेमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको थियो । 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?