बुधबार १३ आश्विन, २०७८ (Wednesday September 29, 2021)

नेपालको लगातार दोश्रो जित

आईतवार २१ आश्विन, २०७५ गोर्खाली न्यूज 1489


नेपालको लगातार दोश्रो जित

काठमाडौं । आईसिसी विश्व टी–ट्वान्टी एसिया छनोटको समूह ‘बी’ अन्तर्गतको तेस्रो खेलमा नेपालले थाइल्याण्डलाई एक सय ४० रनले पराजित गरेको छ ।
टस जितेर नेपाललाई ब्याटिङको निम्तो दिएको थाइल्याण्डले ८ दशमलव पाँच ओभरमा ९ विकेट गुमाउँदा वर्षाका कारण खेल प्रभावित भयो । पानी नरोकिएपछि डक वर्थ लुइस नियमअनुसार, नेपाल एक सय ४० रनले विजयी भएको हो ।
नेपालका सन्दिप लामिछानेले सर्वाधिक पाँच विकेट लिए । करन केसीले तीन विकेट लिन सफल भए भने ललित राजवंशीले एक विकेट लिए ।
नेपालले सबै ओभर खेल्दै ७ विकेटको क्षतिमा एक सय ७२ रन बनाएको थियो। नेपालका लागि १४ बल मात्र खेलेका करण केसीले ४ छक्का र २ चौका प्रहार गर्दै सर्वाधिक नटआउट ४० रन बनाए ।
मलेसियामा जारी आईसिसी विश्व टी–ट्वान्टी क्रिकेट एसिया छनोट अन्तर्गत नेपालको यो तेस्रो जित हो । नेपालले पहिलो खेलमा म्यानमारलाई ८ विकेट र दोस्रो खेलमा मलेसियालार्इ ८ विकेटले पराजित गरेको थियो ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?