बुधबार २९ बैशाख, २०७८ (Wednesday May 12, 2021)

नेपाल लयर्स एशोसियसनको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न 

आईतवार २१ आश्विन, २०७५ गोखार्ली न्युज स‌‌म्वाददाता 1424


नेपाल लयर्स एशोसियसनको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न 


 
काठमाडौं-नजिकिदैं गरेको नेपालीहरुको महान चाड विजया दशमी, दिपावली, छठ तथा उधौली उभौली पर्वको अवसरमा नेपाल लयर्स एशोसियशनको आयोजनामा काठमाडौमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा प्रमुख अतिथी उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षान पुन अनन्तले न्यायक्षेत्र विचौलियामय भएकोले यस्तो स्थितीलाई नियन्त्रण नगर्ने हो भने न्यायलय पनि दलाल तथा पुँजीवाद तर्फ उन्मुख हुनेमा चिन्ता व्यक्त गर्नुभयो ।
पुर्व सभामुख एवं संविधान सभाका अध्यक्ष सुुवासचन्द्र नेम्वाङले छिमेकी देश भारतमा १० वर्षलागेको संविधान निमार्ण् काम नेपालमा ३ वर्षै सम्पन्न भएको बताउँदै संविधान सभाले र्सव स्वीकार्य संविधान बनाउन सफल भएकोमा गौरव व्यक्त गर्नुपर्ने बताउनुभयो ।  संविधान कार्यान्वयन पश्चात जनता अधिकार सम्पन्न हुँदै गएको गएकोमा सबैले खुसी व्यक्त गर्नुपर्ने बताउनुभयो । कानून क्षेत्रमा पछिल्लो समयमा थुप्रै विवाद आएका कारण सम्पूर्ण कानून व्यवसायी सचेत हुनुपर्ने बताउनु भयो । 
वरिष्ठ अधिवक्ता शम्भु थापाले न्यायपालिकामा जवाफदेहिता कम हुँदै गएको तथा बुद्धिजीवी वर्गले विवेक प्रयोगमा ध्यान नदिएकोमा चिन्ता व्यक्त गर्नुभयो । 
कार्यक्रममा पूर्व मन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका नेता रघुजी पन्त, वरिष्ठ अधिवक्ताहरु, अधिवक्ताहरु लगायतकाको उल्लेख्य सहभागीता थियो । पूर्व एमाले समर्थित प्रगतीशील कानून व्यवसायि र माअोवादी समर्थित क्रान्तिकारी कानून व्यवसायी वीच पार्टी एकीकरण पश्चात नेपाल कानून व्यवसायि एशोसियसनको हैसियतमा भएको पहिलो यो पहिलो कार्यक्रम थियो । 
नजिकिदैं गरेको नेपाल बार एशोसिएसनको चुनावको र्सर्न्दभमा समेत सो कार्यक्रममा छलफल भएको थियो । 
 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?