शुक्रबार २७ श्रावण, २०७९ (Friday August 12, 2022)

आजकल एकोहोरो हेरिरहन मन लाग्छ (कवीता)

शुक्रबार १९ आश्विन, २०७५ गोर्खाली न्यूज 1660


आजकल एकोहोरो हेरिरहन मन लाग्छ (कवीता)

तिम्रा हरेक बार्तालाप मेरो काउकुति बनेर आउँछ,
खै किन हो, जून तरिकाले तिमीले हेरेकी हुन्छ्यौ,
निरंतर एकोहोरो म तिर, मेरो मुटुको धड़कन ह्वात्तै बढ्छ।
तिम्रो ओठको बक्र, अनि छेवैको कोठी,
सिलिक्क परेको कपाल,
मेरो मदहोशको प्रतिक बनेका छन।

तिमि बुद्धिमानी छ्यौ तर म भन्दा बढ़ी पक्कै हैन,
जसले मलाई तिमीप्रति डोर्यायो,
तिम्रो हांसो या मुस्कान त्यति बेजोड़ पनि हैन,
जस्तो तिमि मेरो हांसोमा पग्लिएकी हुन्छ्यौ,
न त श्पर्श नै हो, जून दशकौं देखिको प्रतीक्षामा छू,
तर पनि खै किन किन परै देखि 
आजकल हेरिरहन मन लाग्छ, 

न त तिमिमा, मुना, लैला, जूलियट का प्रतिबिम्ब भेटाउंछु,
न त तिम्रो त्यस्तो कुनै ज्वलंत इतिहास छ
जसका कारण म तिमीलाई छोड्न नसकुं,
तर पनि खै किन किन तिम्रा हरेक भावभंगिमा,
अनि प्रेमिल बोलीमा म पागल भयको हुन्छु,
म कुनै पनि चीजलाई बिना अर्थ नपछ्याउने मान्छे,
आजकल तिम्रो नरम बोली, कोमल स्पर्शको लागि, 
आतुर छू र त, आजकल एकोहोरो हेरिरहन मन लाग्छ।।

हामी कुरा गरिरहँदा यो होइन की म तिमिलाई हेरिरहन्छु,
मैले के हेरिरहेको छु मलाई थाहा हुन्न,
त्यस्तै तिमीले हेरिरहेकि हुन्छयौ,
हामी दुबैको समय हामी दुबैले 
चुपचाप एक्ला एक्लै खार्चिन्छौं,
र पूर्ण चुपमा पनि साना साना चिजहरुले,
हामी दुईको गठबन्धन बलियो बनायको छ,
हेराहेरमै म तिम्रो केहि जान्न चाहन्छु तिमि मेरो,
तिम्रो ओठ र आँखामा प्रेम पढ्न पायको छू,
सायद तिमीले मेरोमा,
त्यसैले त हामी नबोलेरै पनि मुटु धड्किएको बेला,
धड़कनको आवाज बुझ्न थालेका छौं, 
त्यसैले होला खै किन किन, 
आजकल परै देखि हेरिरहन मन लाग्छ।।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?