बुधबार १३ आश्विन, २०७८ (Wednesday September 29, 2021)

सोमबारदेखि ताप्लेजुङको सुकेटार विमानस्थलमा हवाइ उडान हुने

शनिबार १३ आश्विन, २०७५ गोर्खालि न्युज 1443



शीतलपाटीन्युज डटकम,काठमाडौं  

सोमबारदेखि ताप्लेजुङको सुकेटार विमानस्थलमा हवाइ उडान हुने भएको छ । उक्त उडान समिट एयरले गर्ने भएको छ ।
समिटले गत चैत अन्तिम सातादेखि उडान स्थगित गरेको थियो । सातामा एक दिन सोमबार उडान गर्न लागेको एयर लाइन्सका ताप्लेजुङ प्रतिनिधि प्रकाश लामाले बताए । लामाका अनुसार टिकट बुकिङ खुला भएको छ ।
 यो विमानस्थलमा यसअघि गोमा, तारा र नेपाल वायुसेवा निगमले उडान गरेका छन् ।

काठमाडौंबाट १६ जना र ताप्लेजुङवाट १८ जना यात्रु समिटिले उडान गर्न सक्छ । भाडादर भने ७ हजार छ सय रुपैयाँ निर्धारण गरिएको लामाले बताए । यहाँ नेपाल वायु सेवा निगम र समिट एयरले उडान गर्दै आएका थिए । निगमले भने जहाज बिग्रिएको भन्दै उडान तालिका सार्वजनिक गरेको छैन । निगमले असारसम्म उडान गरेर स्थगित गरेको छ ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?