शुक्रबार १२ आश्विन, २०७५
शीतलपाटीन्युज डटकम।
अल्डरसट,लण्डन । एनआरएन स्क़टलैण्ड राज्य परिषदको अध्यक्षमा मोहन कार्की सर्वसम्मत हुनुभयको छ। लामो समय देखि रोकिएर रहेको स्कटलैण्ड राज्य परिषदको गठनको गाँठो आज अल्डरसटमा बसेको एनआरएन युकेको कार्यसमिती बैठकले टुंगो लगाएको हो ।बैठकमा सबैलाई मिलेर अघि बढ्न एनआरएन युकेका प्रमुख संरक्षक डमर घलेले अनुरोध गर्नु भयको थियो।
अध्यक्षका प्रत्यासीहरु भोला खनाल र यज्ञमुर्ति ढकाललाई एनआरएन युकेमा उहाहरुको योगदान रहेकोले स्कटलैण्डको संरक्षकको रुपमा मनोनयन गरीयको छ। भोला खनाल र यज्ञमुर्ति ढकाल दुवै जना गैर आवासीय नेपाली संघ स्कटलैण्डका संरक्षक हुने भएका छन् ।अध्यक्ष कार्कीले आफु सर्वसम्मत हुनासाथ सबै जना मिली एक ढिक्का भएर अघि बढ्ने र बिधि बिधानलाई मानेर सबैलाई संगठित गर्ने कुरा बताए ।
समिति गठनको गाँठो फुकाई गैर आवासीय नेपाली संघ बेलायतले राज्य परिसदको गठन टुंग्याएर समावेसी एनआरएन युके बनाउने अभियानमा सफलता हासिल गरेको कुरा अध्यक्ष योग कुमार फगामीले बताउनु भयकोछ। सबैले हार्दिकता साथ नेत्रित्व स्वीकारेर संगठन बिस्तारमा सहयोग गर्ने सबै पक्षलाइ धन्यवाद दिंदै भावी दिनमा अघि बढ्न र आफु सबै सहयोग गर्न तयार रहेको जानकारी महासचिव आरके त्रिपाठीले बताउनु भयो ।कार्यक्रमको प्रत्यक्ष प्रसारण गर्दै उपमहासचिव बिनय अधिकारीले नेपाली समाज र पत्रकारहरुलाई समाचार दिनु भयको थियो ।कार्यक्रममा संरक्षक पुर्व अध्यक्ष योगेन क्षेत्री , उपाध्यक्ष प्रेम गाहा मगर , उपाध्यक्ष शेर बहादुर सुनार , धर्म बिभागका संयोजक होमनाथ पौडेल , सदस्य मुकेश रानाको सो कार्यक्रममा उपस्थिती रहेको थियो ।
साथै गैर आबासिय नेपाली संघ राज्य समन्वय परिषद स्कटलैण्ड तदर्थ समितिमा अध्यक्ष मोहन कार्की, उपाध्यक्ष नारायण पहारी, उपाध्यक्ष कासिराम भण्डारी, सचिब कृष्ण दाहाल, सह सचिव दीवाकर पाण्डे, कोषाध्यक्ष धन ब के सी, सह-कोषाध्यक्ष यदुमणि सापकोटा,सदस्यहरु राम प्रसाद बगाले, विजय मान डंगोल,उज्वल कार्की,गोबिन्द खरेल, सुशिला गैरे ,लक्ष्मी शर्मा सापकोटा,भोजराज खरेल, अन्जली चापागाईं, बलराम पौडेल, डिलाराम गैरे, कृष्ण देवकोटा, मनिष खत्री र यज्ञ मुर्ति ढकाल संरक्षक, भोला खनाल संरक्षक छनौट हुनु भयको छ।
how to use tinder , tinder app tinder sign up
tinder app , tinder app tinder online
browse around this website
MyronClubY
online dating free foreign dating sites free no fee