शनिबार ३० आश्विन, २०७८ (Saturday October 16, 2021)

घरमै खेलिरहेकी ५ बर्षीयालाई बलात्कार गर्ने यी कर्मचारी

शुक्रबार १२ आश्विन, २०७५ गोर्खालि न्युज 1458



शीतलपाटीन्युज डटकम, काठमाडौ ।

तामाकोशी गाउँपालिकाकी ५ बर्षीया बालिका बलात्कार गरी फरार रहेका खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका कर्मचारी कमल बजगाई पक्राउ परेका छन् । 

२१ भदौमा घरमै खेलिरहेकी बालिका बलात्कार गरेर बजगाई फरार भएका थिए । 

जिल्ला प्रहरी कार्यालय दोलखाको विशेष टोलीले विहीबार राजधानी काठमाडौंस्थित कोटेश्वरबाट बजगाईलाई पक्राउ गरेको दोलखाका प्रहरी प्रमुख डिएसपी वासुदेव पाठकले जानकारी दिए । 

जिल्ला प्रहरी कार्यालय दोलखाका अनुसार पीडितका आफन्तले दिएको किटानी जाहेरीका आधारमा उनलाई पक्राउ गरिएको हो ।, आजको नयाँ पत्रिकामा यो खबर छ । 

प्रहरीका अनुसार बालिकाको स्वास्थ्य परीक्षणबाट बलात्कार पुष्टि भईसकेको छ । तर, फरार रहेका बजगाईले विभिन्न ब्यक्ति प्रयोग गरी बलात्कारको मुद्धा फिर्ता गराउन र पैसा दिएर मिलाउन पीडित परिवारलाई ठुलो दबाब दिँदै आएका थिए । 

त्यस्तै, खानेपानी कार्यालयमा करारका कर्मचारी बजगाई पहुँचको धाक लगाई करार अवधि सकिए पनि जबर्जजस्त हाजिर गर्दै आएका थिए ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?