आईतवार २ माघ, २०७८ (Sunday January 16, 2022)

श्रीमतीको हत्या गरी बोरामा फाल्ने पेखराका एक जना पक्राउ

बिहीबार ११ आश्विन, २०७५ शीतलपाटीन्युज डटकम। 1552



शीतलपाटीन्युज डटकम।

पोखरा– बिहीबार बिहानै श्रीमतीको हत्या गरेर फरार एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

पोखरा–३२ सुकुम्बासी बस्ती बस्ने ५५ वर्षीय यामबहादुर गुरुङलाई श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो। 

स्थानीयले ‘बूढी मारेर भागेको’ भन्ने सुराकीका आधारमा गुरुङलाई पक्राउ गरेको कास्की प्रहरीका प्रवक्ता रवीन्द्रमान गुरुङले जानकारी दिए। ‘गुरुङले बिहानै श्रीमतीको हत्या गरी शवलाई बोरामा फालेका थिए,’ उनले भने।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?