मंगलवार ४ कार्तिक, २०७७ (Tuesday October 20, 2020)

हवाई कारबाहीमा १० बालबालिकासहित १२ अफगान नागरिकको मृत्यु

बुधबार १० आश्विन, २०७५ गोर्खालि न्युज 1304



शीतलपाटीन्युज डटकम, काठमाडौ ।

अफगानिस्तानको पूर्वीप्रान्त वार्दाकमा आतङ्ककारीविरुद्ध भएका हवाई कारबाहीमा १० बालबालिकासहित १२ अफगान नागरिकको मृत्यु भएको अफगानिस्तानको लागि संयुक्त राष्ट्रसंघीय मिसनले बुधबार जानकारी दिएको छ ।

अफगानिस्तानमा संयुक्त राष्ट्रसंघीय सहयोग मिसन -युएनएएमए ले जारी गरेको एक विज्ञप्तिमा गत आइतबार भएको यस हवाइ कारबाहीमा मारिएका एक परिवारका महिला र बालबालिका रहेका छन् ।

सुरक्षा अधिकारीहरुले सो क्षेत्रमा रहेका तालिबान आतङ्ककारीविरुद्ध सो कारबाही गरेका थिए । यस हवाइ कारबाहीमा ६ देखि १५ वर्षसम्मका दश जना बालबालिका पनि मारिएका र तीमध्ये पनि आठ जना बालिका रहेका पनि जारी विज्ञप्तिमा जनाइएको छ ।

यो हवाइ कारबाही नेटोआवद्ध संयुक्त सेनाले गरेको हो या अफागन वायुबलले भन्ने बारेमा भने हालसम्म प्रष्ट भएको छैन ।

अफगानिस्तानमा यस वर्षको सुरुदेखि छ महिनाभित्र भएका द्वन्द्वसँग सम्बन्धित हत्या हिंसाहरुमा एक हजार ६९० सर्वसाधारण मारिएका छन् भने अन्य ३ हजार ४३० घाइते भएका युएनएएमएद्वारा प्रकाशित विज्ञप्तिमा जनाइएको छ । यसमध्ये १४९ सर्वसाधारण आतङ्ककारीलक्षित हवाइ कारबाहीमा मारिएका छन् । अन्य २०४ जना घाइते भएका पनि सो विज्ञप्तिमा जनाइएको छ । रासस् , सिन्ह्वा




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?