सोमबार ३ कार्तिक, २०७७ (Monday October 19, 2020)

बेल्जियमकी बडामहारानी पाउलालाई हृदयघात

बुधबार १० आश्विन, २०७५ गोर्खालि न्युज 1294



शीतलपाटीन्युज डटकम, काठमाडौ ।

बेल्जियमका राजा फिलिपकी आमा बडामहारानी पाउलालाई भेनिस भ्रमणका क्रममा हृदयघात भएको बेल्जियम र इटालीका सञ्चार माध्यमहरुले जनाएका छन् ।

गम्भीर वबरामी ८१ वर्षीया पाउलालाई बुधबार नै हवाइजहाजबाट बेल्जियम लगिएको छ । ब्रसेल्सस्थित राजप्रासाद कार्यालयले पाउलाको स्वास्थ्यस्थिति बारे जानकारी दिने तयारी गरेको बताइएको छ । बडामहारानी पाउलालाई यसअघि पनि विभिन्न स्वास्थ्य समस्या देखिएका थिए । सेप्टेम्बर २०१५ मा पनि उहाँलाई मुटुमा समस्या देखिएपछि पूर्ण विश्राममा राखिएको थियो । इटाली मूलकी पाउला राजा अल्बर्ट द्वितीयको २० वर्षे शासनकालमा बेल्जियमकी महारानी हुनुहुन्थ्यो । राजा अल्बर्ट सन् १९९३ देखि २०१३ सम्म बेल्जियमका राजा थिए । रासस र एएफपी




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?