शुक्रबार १७ मंसिर, २०७८ (Friday December 03, 2021)

बेलायतमा आयोजित एक अन्तर्राष्ट्रिय च्याम्पियनसिपमा नेपाली करांते खेलाडीहरुले ऐतिहासिक सफलता

सोमबार ८ आश्विन, २०७५ शीतलपाटीन्युज डटकम । 3188



शीतलपाटीन्युज डटकम।
 लण्डन । बेलायतमा आयोजित एक अन्तर्राष्ट्रिय च्याम्पियनसिपमा नेपाली करांते खेलाडीहरुले ऐतिहासिक सफलता प्राप्त गरेका छन् । ब्रिटिश करांते फेडेरेसन (बिकेएफ ) द्धारा आयोजित इन्टरनेसनल ओपन च्याम्पियनसिपमा ११ औं सागका स्वर्ण पदक विजेता विनोद शाक्यको नेपाली टोलीले महत्वपुर्ण उपलब्धी हात पारेको हो ।
 

सेप्टेम्बर २२ र २३ मा बेलायतको लेस्टरमा सम्पन्न प्रतियोगितामा नेपालका लागि सोनाम लामाले ६० केजी तौल समुहमा कास्य पदक प्राप्त गरेका छन् । त्यस्तै, टिम फाईटमा सोनाम लामा, विप्लभलाल श्रेष्ठ र प्रशिक्षक तथा खेलाडी विनोद शाक्यको समुह उपविजेता बन्दै रजत पदक जित्न सफल भएको छ ।

 ६० केजी तौल समुहमा कास्य पदक जित्ने क्रममा सोनामले इंग्ल्याण्डका खेलाडीलाई हराउँदै सेमिफाईनल प्रवेश गरेका थिए । तर स्कटलाण्डका खेलाडीसंग पराजित बनेपछि उनले कास्यमै चित बझाउनु परेको थियो । त्यस्तै, टिम फाईटमा नेपाली समुह इंग्ल्याण्डसंग थोरै अंकले पराजित भएपछि नेपाल रजतमै सिमित भएको हो ।

 नेपालबाट रेफ्रीको भुमिकामा आएकी सिर्जना अधिकारीले पनि सो प्रतियोगिताकै उत्कृष्ट रेफ्रीको रुपमा चयन हुन सफल भएकी छन् । इंग्ल्याण्ड, वेल्स, नर्दन आयरल्याण्ड, स्कटल्याण्ड, ब्राजिल, पोर्चुगल, फिनल्याण्ड सहित विभिन्न १ दर्जन बढि देशका खेलाडीहरुले उक्त च्याम्पियनसिपमा भाग लिएका थिए ।

 यसैबीच नेपालको लागि महत्वपुर्ण अन्तर्राष्ट्रिय पदक जित्न सफल खेलाडीहरुलाई लण्डनमा सम्मान गरिने भएको छ । राष्टिय तथा अन्तराष्टिय खेलाडि संघ बेलायतले खेलाडीहरुको सम्मानमा एक कार्यक्रम गर्ने तयारी गरिरहेको अध्यक्ष सिद्धार्थविक्रम क्षेत्रीले जनाएका छन् । नेपाली करांते खेलाडीहरु बेलायतमा आएर यो स्तरको अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्नु ऐतिहासिक अवसर भएकोले खेलाडीहरुलाई बधाई र हौसलाका लागि सम्मान गर्न लागिएको अध्यक्ष क्षेत्रीले बताए ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?