शुक्रबार १७ मंसिर, २०७८ (Friday December 03, 2021)

गर्भवती र सुत्केरीले कस्तो र कति खाना खानुपर्छ?

सोमबार ८ आश्विन, २०७५ गोर्खालि न्युज 3814



-सोफिया उप्रेती पोषणविद्

 शीतलपाटीन्युज डटकम, काठमाडौ ।

गर्भवती र सुत्केरी अवस्था हरेक कुराले संवेदनशील अवस्था हो। यस्तो अवस्थामा अन्य समयमा भन्दा बढी हेरचाहको आवश्यकता पर्छ।

गर्भवती अवस्थामा राम्रो ख्याल गर्न सकियो भने आमा र बच्चाको स्वास्थ्यमा दीर्घकालीन रूपमा सकारात्मक प्रभाव रहन्छ। 

समय पहिलेभन्दा धेरै फेरिएको छ। आजकाल गर्भ रहेदेखि सुुत्केरी अवस्थासम्म चिकित्सकको सल्लाह लिने, स्वास्थ्य जाँच गराउने चलन बढेको छ। यो राम्रो कुरा हो। स्वास्थ्यको नियमित जाँचसँगै यो महत्वपूर्ण समयमा गर्भवती र सुत्केरीलाई सामान्य अवस्थामा भन्दा बढी पोषिलो, तागतिलो र स्वस्थ खानपनिको जरुरी छ। 

हामीकहाँ अहिले पनि यस्तो अवस्थामा कस्तो खाने भन्ने विषयमा विभिन्न समुदायमा आफ्नै परम्परा छन्। यो बेला खाएको खाना आमाको लागि मात्र नभएर बच्चालाई समेत हुने भएकोले बच्चाको वृद्धि विकासमा भूमिका खेलिरहेको हुन्छ।

हुन त हामी सबैलाई यो बेला कस्तो खाने भन्ने सामान्य जानकारी छँदैछ। तर कस्तो खाना कसरी तरिका मिलाएर खाने भन्ने विषयमा  पोषणविद् सोफिया उप्रेतीले शीतलपाटी न्युज डटकम सँग कुराकानी गर्दै यसरी सुझाव दिइन् -

गर्भ रहेदेखि बच्चा जन्मिएको दुई वर्षको अवधिलाई ‘सुनौला हजार’ पनि भन्ने गरिन्छ। यो अवधिमा बच्चाको ८० प्रतिशत दिमागको विकास हुन्छ। गर्भ रहेदेखि दूध खाइरहने बेला  सम्मको समयमा महिलाहरूलाई साबिकभन्दा थप पोषण चाहिन्छ। भनिन्छ, पेटमा बच्चा छ, दुई जनाको लागि खानुपर्छ। बच्चा जन्मिसकेपछि बच्चालाई दूध खुवाउन आमाले धेरै पोषणयुक्त खानेकुरा खानुपर्छ भन्ने मान्यता पनि छ। त्यसको अर्थ अरू बेलाभन्दा दोब्बर खानुपर्छ भन्नेचाहिँ होइन।  

प्रश्न आउँछ, पोषिलो आहार त हामीलाई जीवनभरि नै आवश्यक पर्छ ? तर पनि यो अवस्थामा विभिन्न खाद्य समूहबाट मिलाएर सन्तुलित भोजन खानुपर्ने हुन्छ। 

गर्भवती समयमा साबिक भन्दा तीन सय क्यारोली र सुत्केरी भएपछि पाँच सयभन्दा बढी क्यालोरी आवश्यक पर्छ। सुत्केरीपछि बच्चालाई स्तनपान गराउनुपर्ने भएकाले बढी क्यालोरी आवश्यक परेको हो।

हामीलाई सामान्य अवस्थामा औसत दुई हजारदेखि २२ सयसम्म क्यालोरी चाहिन्छ। त्यसैले के बुझौं भने गर्भवती भएको अवस्थामा २५ सय र सुत्केरी भएपछि दूध खुवाउने आमालाई त्योभन्दा पनि पाँच सय बढी क्यालोरी (२७ सय) चाहिन्छ। यो बेलामा खानामा ५० देखि ६० प्रतिशत कार्बोहाइडेड  चाहिन्छ। २० देखि ३० प्रतिशत प्रोटिन र १० देखि २० प्रतिशत चिल्लो पदार्थ समावेश गर्नुपर्छ।  

हाम्रो समाजमा विभिन्न रुढीवादी सोचहरू छन्। गर्भवती भएको बेलामा र बच्चा जन्मिसकेपछि यो खानु हँुदैन त्यो खानु हुँदैन भनेर विभिन्न पोषिला खानाबाट वञ्चित गरिन्छ। बच्चालाई चिसो लाग्छ भनेर सुत्केरी आमालाई साग, फर्सीजस्ता पोषिला खाना  खान दिइँदैन, जुन गलत हो। यस्तो बेलामा परिवारका सदस्यले पर्याप्त मात्रामा सागसब्जी, गेडागुडी खुवाउनुपर्छ। यस्तो खाना आमाले खाँदा बच्चालाई कुनै चिसो लाग्दैन। आमाले खाएको पोषणमात्र दूधबाट बच्चाले लिने गर्छ।

कतिपय अवस्थामा धेरै दूध आउँछ भनेर अत्यधिक गुलियो र चिल्लोयुक्त खाना खान दिइन्छ।  खानेकुराले  मोटोपन बढाउँछ। पछि मोटोपनलाई नियन्त्रण गर्न गाह्रो हुन्छ  र विभिन्न खालका रोगको सिकार बनाउँछ। यस्ता खानेकुराले असन्तुलित आहार दिइरहेका हुन्छन्। गर्भवती र सुत्केरीलाई पेट भर्नका लागि खुवाउनुभन्दा पोषणयुक्त खानेकुरा खुवाउनुपर्ने हुन्छ।

गर्भवती र सुत्केरीले स्थानीय खानेकुरालाई जोड दिनुपर्छ। हाम्रो गाउँघरमा पाउने खाद्य समूहहरूबाट कार्बोहाइडे«ड, प्रोटिन, मिनिरल, भिटामिन, फाइबर पाउन सकिन्छ। गाउँघरमा पाउने खाना जस्तैः नफलेको चामल, कोदोको परिकार, फापरको परिकार, मकै जौ, गहुँ, गेडागुडी, माछामासु, सिलाम, तिल, आलस आदि प्रशस्त मात्रामा खानुपर्छ। यस्तो बेला पर्याप्त मात्रामा सागसब्जी फाइबरयुक्त खानेकुरा खानामा समावेश गर्नुपर्छ। बदाम, काजु, किसमिस आदि पनि पोषिला खानेकुरा हुन्। दूग्धजन्य परिकार ठिक्क मात्रामा खानुपर्छ। साथै पानी पर्याप्त मात्रामा (दिनको दुईदेखि तीन लिटर) पिउनुपर्छ।  दूध खुवाउने आमाको निमित्त पनि प्रशस्त मात्रामा पानी जरुरी हुन्छ।

यस्तो अवस्थामा खाना नहुने खाना भनेको झिलिमिली प्याकेटका बजारमा पाउने परिकार हुन्। जंकफुड त यो बेला खानै हुँदैन। यस्ता खानेकुराले पोषणको मात्रा कम हुन्छ र आमाबच्चा दुवैको स्वास्थ्यमा प्रतिकूल असर पार्छ। गर्भवती अवस्थामा धेरै तयारी  र बजारिया खानेकुरा खाँदा त्यसमा भएको रसायनले बच्चा खेर जानेसम्म हुन सक्छ। 

हाम्रो शरीरमा भएको हार्मोन परिवर्तनले गर्दा गर्भवती अवस्थाको सुरुसुरुमा विभिन्न खानेकुरा खाना मन नलाग्ने, वाकवाकी लाग्ने हुन सक्छ। यस्तो बेलामा आफूलाई मन परेको पोषणयुक्त खानेकुरा खानुपर्छ। जंकफुड खानु हुँदैन र गुलियो कम मात्रामा खानुपर्छ। 

गर्भवती भएको बेलामा आइरनको कमीको जोखिम हुने हुँदा आइरन फोलिक चक्की डाक्टरको सल्लाह अनुसार मात्र खानुपर्छ। किनभने त्यसको महत्व ठूलो छ। बच्चा बढ्नको लागि आइरनको मात्रा बढी चाहिन्छ। बच्चालाई रोग नलागोस् भनेर फोलिक एसिडले पर्याप्त मात्रामा चाहिन्छ। बच्चा जन्मिसकेपछि भिटामिन ए र जन्मिएको ४५ दिनसम्म आइरन चक्की खानुपर्छ। यी पोषणतत्वहरू अत्यन्त जरुरी भएकाले खानालाई परिपूरक गर्छन्। यसबाट आमा र बच्चा दुवैलाई फाइदा हुन्छ।  

यस्तो अवस्थामा पोषिला खानाका साथसाथै पर्याप्त मात्रामा शरीरलाई आरामको पनि जरुरत हुन्छ। 




मतहरू

3D Decoration printings wall panel

3D Decoration printings wall panel

3mm Ball Bearings

3mm Ball Bearings

China Impermeable Para Menores

China Impermeable Para Menores

3350 Jaw Plate

3350 Jaw Plate

Gold Quartz Countertops

Gold Quartz Countertops

Chinese Medicinal

Chinese Medicinal

Black Aviator Sunglasses Womens Factories

Black Aviator Sunglasses Womens Factories

Miele Washing Disinfector

Miele Washing Disinfector

Germ Killing Robots

Germ Killing Robots

Multiple Effect Evaporator

Multiple Effect Evaporator

Glass Bevel Edging Machine

?????????? Glass Bevel Edging Machine

Pipe Straightening Machine

?????????? Pipe Straightening Machine

Durable Active zinc oxide powder for rubber

Carriage Bolt And Nut Durable Active zinc oxide powder for rubber

China Adhesive Coat Hanger

Hypromellose Brands China Adhesive Coat Hanger

China Wholesale Earth Auger Digging Hole Machine Manufacturers

Black Natural Rubber Gasket China Wholesale Earth Auger Digging Hole Machine Manufacturers


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?