मंगलवार ४ कार्तिक, २०७७ (Tuesday October 20, 2020)

तेजाब आक्रमणबाट घाइते भएकी सम्झना दासको मृत्यु

सोमबार ८ आश्विन, २०७५ गोर्खालि न्युज 1301



शीतलपाटीन्युज डटकम, काठमाडौ ।

उपचारका क्रममा गएराति ११ः३० बजे  तेजाब आक्रमणबाट गम्भीर घाइते रौतहटकी सम्झना दासको मृत्यु भएको छ । 

कीर्तिपुर अस्पतालमा उपचारकै क्रममा दासको मृत्यु भएको अस्पतालले जानकारी दिएको छ । रौतहट चन्द्रपुर नगरपालिका–६ जादवलाल दासका दुई छोरी सम्झना र सुस्मिता दासमाथि गत भदौ २६ गते राति एशिड आक्रमण भएको थियो । प्रेम प्रस्ताव अस्वीकार गरेको भन्दै करीब ५० वर्षीय स्थानीयवासी रामबाबु पासवानले उनीहरुमाथि राति घरमा सुतिरहेको बेला एशिड प्रहार गरेका थिए । 

तेजाबले सम्झनाको अनुहारसहित शरीरको अधिकांश भाग जलेको थियो । उनकी बहिनी सुस्मिताको अवस्था भने खतरामुक्त छ । सुस्मिताको कीर्तिपुर अस्पतालमै उपचार भइरहेको छ । उपचारमा संलग्न चिकित्सकका अनुसार एशिडका कारण सम्झनाको कम्मर माथिको अधिकांश भाग जलेको थियो । आक्रमण गरेको आशङ्कामा प्रहरीले जादवलालकै छिमेकी अन्दाजी ५० वर्षीय रामबाबु पासवानलाई पक्राउ गरेको छ । 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?