शुक्रबार १७ मंसिर, २०७८ (Friday December 03, 2021)

नेपाल-समाचार

डा. केसीको जीवन रक्षाका लागि मानव अधिकार आयोगको ध्यानाकर्षण

गत पुस २५ गतेदेखि अनसनरत डाक्टर गोविन्द केसीको जीवन रक्षाका लागि राष्ट्रिय मानव अधिकार आयोगले सरकारको ध्यानाकर्षण गरेको छ। मंगलबार एक विज्ञप्ती जारी गर्दै आयाेगले ध्यानाकर्षण गराएको हो । मंगलबार जारी विज्ञप्तिमा भनिएको छ ‘चिकित्सा शिक्षाजस्तो  आधारभूत मानव अधिकारको  विषयप्रति...

विदेश  जानेहरुको डलर सटही सुविधाकाे सीमामा कटौती

राष्ट्र बैंक मुद्रा बिनिमय व्यवस्थापन विभागले वैदेशिक राेजगार तथा विदेश भ्रमणमा जानेहरुले लैजान पाउने डलर सटही सुविधाकाे सीमा घटाएकाे छ । नयाँ व्यवस्था अनुसार वैदेशिक रोजगारमा जानेहरुले अब २ सय अमेरिकी डलर र विदेश भ्रमणमा जानेहरुले १५ सय अमेरिकी डलर सम्मको मात्रै सटही सुविधा पाउने...

सुनुवाई समितिले गर्यो तीन राजदूतको नाम अनुमोदन

मंगलबार बसेकाे संसदको संसदीय सुनुवाई समितिले तीन प्रस्तावित राजदूतको नाम सर्वसम्मत अनुमोदन गरेको छ । अनुमोदन हुनेमा कुवेतका लागि दुर्गाप्रसाद भण्डारी, क्यानडाका लागि भृगु ढुंगाना र संयुक्त राष्ट्र संघको स्थायी प्रतिनिधिमा मणिप्रसाद भट्टराई रहेका छन् । समितिको गलबारको बैठकले राजदूतमा सिफारिस...

वाणिज्य बैंकको तीन शाखा थपिए, ३ शाखा स्मार्ट ब्रान्च बन्दै

राष्ट्रिय वाणिज्य बैंकले काठमाडौंको बौद्ध, जाजरकोटको भेरी नगरपालिका र रुकुम पूर्व जिल्लाको सिस्ने गाउँपालिका रुकुमकोटमा नयाँ शाखा स्थापना गरी कारोबार शुरु गरेको छ । याे सँगै बैंककाे शाखा कार्यालयहरुको संख्या २ सय १५ पुगेको छ । आकर्षक भौतिक पूर्वाधार, चुस्त तथा सहज सेवा र आधुनिक इलेक्ट्रोनिक...

सौराहको मनमोहकता - फोटोफिचर

हिउँदे जाडो बिदाको सदुपयोग गर्नेहरुको लागि छोटो तथा अविष्मरणीय गन्तव्य बन्न सक्छ चितवनको सौराहा । काठमाडौबाट करिब १ सय ६० किलोमिटरको यात्रा तय गरेपछि पुग्न सकिन्छ सौराह । हात्ती सफारी, डुगां सयर, थारु संस्कृति, सूर्यास्तको मनोरम दृष्य, जंगल सफारी, वर्ड वाचिगं लगायत सौराहका आकर्षण हुन् । 

बेपत्ता परिवारमा निराशा, पिडित भन्छन् अन्योलता कहिलेसम्म ?

देशमा स‌ंसदीय निर्वाचन भई बहुमतको सरकार बनेको पनि करिब २ वर्ष बित्न लागेको छ । हाल सरकार स‌‌न्चालन गरिरहेको तत्कालिन माओवादीको दशवर्षे शसस्त्र विद्रोहमा राज्यपक्षबाट बेपत्ता पारिएका नागरिकहरुको खोजीमा जति जिम्मेवारीपूर्ण तरिकाले लाग्नुपर्ने हो, खोजीकार्यमा जति तीब्रता दिनुपर्ने हो, अह...

पूर्वमन्त्री विक्रम पाण्डे ४ करोड धरौटी बुझाएर छुटे

काठमाडौं । सिक्टा सिञ्चाइ आयोजनामा भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको भ्रष्टाचार मुद्दामा पूर्वमन्त्री बिक्रम पाण्डे  ४ धरौटी बुझाएर बुधबार रिहा भएका छन् ।  अख्तियारको फरारको सूचीमा रहेका पाण्डे बुधबार आँफै विशेष अदालतमा उपस्थित भएका थिए । बुधबार न...

स्वर्गभूमी सजाऔं - कविता

नेपालको शिखरमा अनगिन्ति माला  कैलाशको गजुरमा सरिबा सुनौला  यो विन्दु हो नयनको, नव ज्योति-माला  यो सिन्धु हो विजयको, नव कर्म-शाला । १            लर्को छ यो रजतको पृतना डुलेझैँ         छाँगा झरे; बटुकले खुकुरी भिरेझैँ ...

घुस रकम सहित सहायक रजिष्ट्रार पन्थी पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कम्पनी रजिष्ट्रार कार्यालयकी सहायक रजिष्ट्रार गीताकुमारी पन्थीलाई घुस रकमसहित नियन्त्रणमा लिएको छ ।  सेवाग्राहीसँग एक लाख घुस लिइरहेको अवस्थामा पैसासहित सहायक रजिष्ट्रार पन्थीलाई पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज जारी गरेको ...

देवघाटमा माघे संक्रान्ति मेला सुरु, पाँच लाख बढीले मेला भर्ने अनुमान

चितवन नवलपुर र तनहुँको संगम देवघाटमा सोमबार बिहान बाँसको लिङ्गो गाडेपछि माघे संंक्रान्ति मेला सुरु भएको छ । देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शिवराज पौडेलले बिहान ९ बजे बेनीमा बाँसको लिङ्गो ठड्याएर विधिवत रुपमा मेलाको उद्घाटन गरेका थिए । उद्घाटन कार्यक्रममा गलेश्वर आश्रमका पिठाधीश महामण्ड...

धार्मिक पर्यटक तान्न तयार रिडी

गुल्मी - एक दिन कमाएर एक वर्ष जीवन धान्ने पर्वका रूपमा प्रख्यात यस वर्षको रिडी मेला माघे संक्रान्तिको दिन सुरु हुँदैछ। परापूर्वकालदेखि माघ महिनाको १ गतेदेखि ५ गतेसम्म पाँच दिनसम्म लाग्ने सो मेला भर्न जिल्ला लगायत मुलुकभरबाट लाखौ भक्त्तजन आउने बताईएको छ । नेपालमा रहेका चारधाम म...

सुरज आर्केडमा करोडौंको आर्थिक हिनामिना भएको पूर्व अध्यक्षको दावी

काठमाडौं - सुरज आर्केड व्यापार संघका पूर्व अध्यक्ष परशुराम श्रेष्ठले उक्त व्यापार संघमा वर्तमान कार्यसमितिले करोडौं आर्थिक हिनामिना गरेको आरोप लगाएका छन् ।  शुक्रबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै श्रेष्ठले यस्तो आरोप लगाएका हुन् । उनले उक्त व्यापार संघमा हेमबहादुर स्वाँर अध्यक्...

कित्ताकाट खुल्यो, सलबलाउन थाले व्यवसायी

२०७४ साउन २६ मा तत्कालिन देउवा सरकारका भूमिसुधार तथा व्यवस्थामन्त्री गाेपाल दहितले मन्त्री स्तरिय  निर्णयबाट मुलुकभर कित्ताकाटमा लगाएको रोक सरकारले खुला गरेको छ । कृषियोग्य जमिन खण्डीकरण गर्न नपाइने भन्दै रोक लगाएकाे कित्ताकाट खुला भएको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण म...

आफ्नै बाजा आफ्नै ताल, माईतीघरमा थरीथरी  प्रदर्शन

न्याय नपाए गोरखा जानू भन्ने प्राचीन उखान जस्तै अहिले न्याय नपाए माइतीघर जाने चलन बसेको छ । कुनै विषयमा चित्त नबुझे विरोध प्रदर्शन गर्ने काठमाडौंको प्रमुख स्थलको रुपमा माईतीघर मण्डलालाई रोज्ने गरिएको छ । देशको प्रमुख शक्ति केन्द्र सिहंदरबारको नजिक पर्ने भएकोले यहाँ विरोध प्रदर्शन गरे केन्द्रले सुन्छ...

नेपाल रेमिर्टस एसोसिएसनमा नयाँ नेतृत्व चयन

नेपाल रेमिर्टस एसोसिएसनको अध्यक्षमा सुमन पोखरेल निर्वाचित हुनुभएको छ । गत विहिबार काठमाडौंमा सम्पन्न १३ औं साधारण सभाले पोखरेललाई निर्विरोध निर्वाचित गरेको हो ।  साधारण सभाबाट निर्वाचित अन्य पदाधिकारीहरुमा चन्द्र टण्डन-उपाध्यक्ष -सिटी एक्सप्रेस मनी ट्रान्सफर प्रा.लि) रितेश मित्तल- महासचिव -नेप...

आईएमई ट्राभलले सुरु गर्यो चन्द्रागिरिसम्म बस सेवा

आइर्एमई ग्रुप अर्न्तर्गत संचालित आइर्एमई ट्राभलले अंग्रेजी नयाँ वर्ष २०१९ को अवसर पारेर पानीपोखरीदेखि चन्द्रागिरि केवलकार वेस स्टेसन सम्म पर्यटकीय सटल बस सेवाको प्रारम्भ गरेको छ । साे बस चन्द्रागिरि हिल्स लिमिटेडको सीटी सर्म्पक कार्यालय पानीपोखरी स्थित आइर्एमई कम्प्लेक्सबाट हर...

जनता बै‌ंकले गर्यो मोरङको मुसहर बस्तीमा कम्बल वितरण

जनता बैंक नेपाल लिमिटेडको सहयोगमा बिराटनगर महानगरपालिका वडा नं. १९, बैजनाथपुरको मुसहर बस्तीका १५० परिवारलाई कम्बल र खाद्यान सामाग्री वितरण गरिएको छ । निजामती कर्मचारी श्रीमती संघको सहकार्यमा सम्पन्न गरिएको उक्त कार्यक्रममा बैंकका प्रतिनिधि, संघको पदाधिकारी, जिल्ला प्रशासन कार्याल...

दन्त्य कथाका पात्र जस्ता हुम्लीको कठिन दिनचर्या, बेखबर सरकार

दुर्गमको नाम लिने बित्तिकै आम नेपालीको मुखबाट निस्कीहाल्ने नाम हो हुम्ला ।  नेपालको अति दुर्गम मानिने हुम्ला पुग्न राजधानी काठमाडौंबाट १४ घण्टाको बसयात्रा पछि पुगिने नेपालगञ्ज र त्यहाँबाट ४५ मिनेटको जहाजको यात्रा गर्नुर्पर्छ । कच्ची सडकको यात्रा र पैदल यात्रा गर्दै जाने हो भने एक हप्तासम्म लाग्...

सचिव ओली नै रोक्छन् नासु काफ्लेको सरुवा

वन तथा वातावरण मन्त्रालयका  एक  निजामति कर्मचारी १२ वर्षदेखि एउटै पदमा कार्यरत भएपनि उनलाई मन्त्रालयकै उच्च अधिकारीले जोगाएर राखेका छन् । मन्त्रालयका नासु विश्व काफ्ले विगत १२ बर्षदेखि  स्टोर शाखामा कार्यरत  छन् । उनको पटक पटक अन्य मन्त्रालय र निकायहरुमा सरुवा भएपनि मन्त्...

स्थायीको माग गर्दै छुट अस्थायी तथा करार शिक्षक आन्दोलनमा

सरकारले ताेकेकाे समयसीमा भित्र नपरी स्थायी प्रक्रियामा प्रवेश गर्न नपाई छुट हुन गएका अस्थायी करार शिक्षकहरुले आँफुहरुलाई सरकारले स्थायी प्रक्रियामा प्रवेश गर्ने मौका दिनुपर्ने माग गर्दै आईतबार माइतीघर मण्डलमा प्रदर्शन गरेकाे छन् । सरकारले  वि.सं २०७२ असोज २ गतेसम्म अस्थायी निय...

यसपाली को world Cup कसले जित्ला?